बुटवल । टीभीएस मोटर कम्पनीका नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि (टीभीएस नेपाल) ले वर्षभरि सञ्चालन गरिरहेको ‘अपाचे रेस एक्सपेरियन्स जीपी’ अन्तर्गत पहिलो ‘अपाचे रेसिङ क्वालिफायरू राउन्ड भोलि, शनिबार ३ अक्टोबरमा बुटवलमा आयोजना हुँदैछ।
सहभागी राइडरका लागि कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुनेछ भने सञ्चारकर्मी, अतिथि तथा कन्टेन्ट क्रिएटरका लागि बिहान ११ बजेदेखि खुला रहनेछ। तिलोत्तमा–५, मणिग्राम, बुटवलस्थित श्री गौरांग इजीवे ट्रायल सेन्टरमा हुने यो क्वालिफायरसँगै बुटवल ARE जीपी क्वालिफायर राउन्ड आयोजना गर्ने पहिलो सहर बनेको छ। बुटवलपछि काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखरामा पनि क्वालिफायर राउन्डहरू हुनेछन्।
क्वालिफायरमा सहभागीले राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ र भिजन कन्ट्रोलसम्बन्धी विस्तृत सैद्धान्तिक कक्षा लिनेछन्। त्यसपछि प्रशिक्षकहरूको निगरानीमा ट्र्याकमा गहन ड्रिल अभ्यास गराइनेछ। प्रशिक्षणपश्चात् १६० सीसी र २०० सीसी गरी दुई श्रेणीमा प्रतिस्पर्धात्मक रेस हुनेछ। प्रत्येक श्रेणीबाट शीर्ष तीन विजेता काठमाडौंको सतुंगलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा हुने ूअपाचे रेस एक्सपेरियन्सू ग्रान्ड फिनालेका लागि छनोट हुनेछन्।
ग्रान्ड फिनालेमा अझ गहन ट्र्याक प्रशिक्षण र सैद्धान्तिक कक्षापछि दुवै श्रेणीमा रेस हुनेछ। प्रत्येक श्रेणीका प्रथम विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय १६० सीसी र २०० सीसी रेसिङमा ५० भन्दा बढी देशका राइडरहरूसँग नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्। त्यहाँ सफल भएमा उनीहरूले सम्बन्धित श्रेणीका थप अन्तर्राष्ट्रिय रेसमा भाग लिने मौका पाउनेछन्। यसका लागि आवश्यक यात्रा तथा आवास खर्च टीभीएस नेपाल र टीभीएस मोटर कम्पनी (भारत) ले व्यहोर्नेछन्। साथै, फिनालेका विजेतालाई मोटोजीपी र मोटोसोलको सम्पूर्ण खर्चसहितको भ्रमण पनि उपलब्ध गराइनेछ।
बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्सका सञ्चालक विशाल जैसवालले भने, ‘ARE जीपीको पहिलो क्वालिफायर बुटवलबाट सुरु हुनु यहाँका राइडरहरूका लागि गौरवको विषय हो। लुम्बिनी क्षेत्रमा प्रतिभाशाली राइडरहरूको कमी छैन, तर उनीहरूलाई सुरक्षित र व्यावसायिक वातावरणमा सिक्ने तथा प्रतिस्पर्धा गर्ने मञ्च चाहिन्छ। यो कार्यक्रमले बुटवलका युवालाई स्थानीय ट्र्याकबाट अन्तर्राष्ट्रिय सर्किटसम्म पुग्ने बाटो खोलिदिनेछ’ ।
टीभीएसले सन् १९८२ देखि मोटरस्पोर्टमा निरन्तर सहभागिता जनाउँदै आएको छ। कम्पनीले कीर्तिमानी ११ पटक इन्डियन नेसनल मोटरसाइकल रेसिङ च्याम्पियनसिप ९क्ष्ल्ःच्ऋ० जितेको छ भने सन् २०१५ मा डकार र्याली खेल्ने पहिलो भारतीय निर्माता बनेको थियो। सोही रेसिङ विरासतमा आधारित अपाचे शृङ्खलालाई नेपालमा ट्र्याक अनुभवसँग जोड्नु यस कार्यक्रमको उद्देश्य हो।
इच्छुक राइडरहरूले दर्ताका लागि टीभीएस नेपालको आधिकारिक फेसबुक पेज (TVS Nepal) वा इन्स्टाग्राम (@TVS_nepal) मा गई त्यहाँ रहेको क्यूआर कोड स्क्यान गरी दर्ता गर्न सक्नेछन्। कार्यक्रमको आधिकारिक कफी पार्टनर काठमाडौं कफी रहेको छ।




Comments are closed.