चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार

काठमाडौं । नेपाल — नेपालमा Chery ब्रान्डका सवारीसाधनको आधिकारिक विक्रेता Pioneer Moto Corp द्वारा आयातित बहुप्रतीक्षित तथा लोकप्रिय मोडल चेरी क्यु नेपाल–चीन सीमा नाकासम्म आइपुगेको र अब नेपाल भित्रिन तयारी अवस्थामा रहेको कम्पनीले पुष्टि गरेको छ।

चेरी क्युका गाडीहरू सीमा नाकामै रहेका छन् र नाका खुल्नेबित्तिकै नेपालतर्फ भित्रिनेछन्। आधुनिक डिजाइन, इन्टेलिजेन्ट प्रविधि र दैनिक प्रयोगको सहजतालाई संयोजन गर्ने SUV का रूपमा परिचित चेरी क्यु नेपाली बजारमा ग्राहकहरूको प्रतीक्षाको विषय बनेको छ। यससँगै, चेरी क्युको बुकिङ गरेका ग्राहकहरूले अब धेरै समय प्रतीक्षा गर्नुपर्ने छैन। सीमा नाका खुलेपछि छिट्टै डेलिभरी प्रदान गरिने कम्पनीले जनाएको छ।

सेग्मेन्टमै उत्कृष्ट ४९.२ kWh ब्याट्री, ४०० किलोमिटर रेन्ज, ५४०-डिग्री क्यामेरा, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७० लिटरको फ्रङ्क स्पेस, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र २० भन्दा बढी ADAS सुविधाहरू सहितको यो नयाँ अर्बन क्रसओभरले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ।

आधुनिक सहरी जीवनशैलीका लागि डिजाइन गरिएको चेरी क्यु ले स्टाइलसँगै इन्टेलिजेन्ट प्रविधि पनि प्रदान गर्छ। यसको डिजाइन र प्रविधिले अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाएको छ। चेरी क्यु ले प्रतिष्ठित Red Dot Design Award 2025 तथा iF Design Award 2026 समेत जितिसकेको छ।

नेपाल प्रवेशसँगै चेरी क्यु ले आधुनिक डिजाइन, स्मार्ट टेक्नोलोजी, सुरक्षा र व्यावहारिकतालाई संयोजन गर्ने नयाँ विकल्पका रूपमा नेपाली बजारमा आफ्नो उपस्थिति जनाउने अपेक्षा गरिएको छ। सीमा नाका खुल्नेबित्तिकै गाडीहरू नेपाल भित्र्याइने र त्यसपछि यसको उपलब्धता तथा बिक्रीसम्बन्धी थप जानकारी सार्वजनिक गर्ने कम्पनीले जनाएको छ।

 

You might also like

Comments are closed.