सिद्धार्थ बैंक र दराजको सहकार्यमा ‘१०–१० दसैं धमाका’ अफर सार्वजनिक

काठमाडौं । सिद्धार्थ बैंकले दराजको सहकार्यमा दशैंको अवसर पारेर ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपमार्फत सामान खरिद गर्दा ग्राहले १क५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

असोज १५ गतेदेखि २६ गतेसम्म (अक्टोबर १ देखि १२, २०२६) सञ्चालन हुने यस अफर अन्तर्गत सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत (अधिकतम रु १,००००) र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत अधिकतम रु. १,५०००) सम्म छुट प्राप्त गर्न निम्न प्रक्रिया पूरा गरी उक्त छुटको लाभ लिन सक्ने छन् ।

ग्राहकले दराजको एपमा रहेको  Mega Dashain Discounts 10.10’ अभियान अन्तर्गत ‘Bank VoucherÚ ’ सेक्सनमा गई सिद्धार्थ बैंकको भौचर संकलन गर्नुपर्नेछ । संकलित भौचर ग्राहकको Daraz  प्रोफाइलको My Vouchers मा सुरक्षित हुनेछ । त्यसपछि रु १,९९९ वा सोभन्दा बढीको खरिद गर्दा उक्त भाउचर छनोट गरी भुक्तानीको माध्यममा Visa Debit/Credit Card छनोट गरेर सिद्धार्थ बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गरी उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

दसैंैंको समयमा अनलाइन किनमेललाई थप सहज, सुरक्षित तथा लाभदायी बनाउने उद्देश्यले ल्याइएको यस सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीका सहज र सुरक्षित माध्यम प्रयोग गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ । साथै, दशैंको किनमेलमा ग्राहकलाई थप सुविधा र लाभ प्रदान गर्दै डिजिटल बैंकिङको प्रयोगलाई प्रवद्र्धन गर्न यस अफरले योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

 

You might also like

Comments are closed.