फिस्टेल हस्पिटल र कोरियाको प्रसिद्ध ‘मार्पे’ कम्पनीबीच रणनीतिक सम्झौतामा हस्ताक्षर

काठमाडौं । पोखरास्थित फिस्टेल हस्पिटल (Fishtail Hospital) का प्रतिनिधि मण्डलले दक्षिण कोरियाको प्रसिद्ध ‘मार्पे कम्पनी’ (Marpe Company) को हेडक्वार्टर भ्रमण गरी दुई पक्षीय हितका लागि सम्झौता पत्र (MoU) मा हस्ताक्षर गरेको छ।

दक्षिण कोरियाको राजधानी सिओलबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको छल्लाबुक-से प्रदेशको राजधानी छेङजु (Jeonju) शहरमा अवस्थित मार्पे कम्पनी, कोरियामा फिजियोथेरापी (Physio Therapy) र स्पोर्ट्स थेरापी (Sports Therapy) का आधुनिक सामान उत्पादन गर्ने एकमात्र तथा प्रसिद्ध निर्माता कम्पनी हो।

भ्रमणका क्रममा फिस्टेल हस्पिटलका अध्यक्ष अशाेक पालिखे र मार्पे कम्पनीका अध्यक्ष/सीईओ प्राध्यापक किम ताेक योन (Prof. Mr. Kim Taek Yeon) बीच दुवै संस्थाको हित हुने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्झौताका मुख्य विषय

नेपालमा स्पोर्ट्स थेरापीको अध्ययन: नेपालमा स्पोर्ट्स थेरापीको अध्ययनरअध्यापन सञ्चालन गर्नका लागि दुवै पक्षले आवश्यक कार्ययोजना बनाएर अगाडि बढ्ने सहमति भएको छ।

आधुनिक सामग्री भित्र्याइने: फिसटेल हस्पिटलमा फिजियोथेरापीका अत्याधुनिक उपकरण तथा सामग्रीहरू भित्र्याई सेवा विस्तार गर्ने विषयमा बृहत् छलफल भएको छ।

यस महत्त्वपूर्ण कार्यक्रमलाई सफलतापूर्वक समन्वय गरी सहयोग पुर्याउनुहुने प्रकाश जंग राना तथा मार्पे कम्पनीका म्यानेजर ह्यारोल्ड (Mr. Harold) प्रति फिस्टेल हस्पिटल परिवारले धन्यवाद व्यक्त गरेको छ।

You might also like

Comments are closed.

Secret Link