पोखरा । टाइम्स मिडिया हाउस प्रा.लिको आयोजनामा क्यान्सरपीडितको सहयोगार्थ पोखरामा ‘टाइम्स नाइट–२०८३’ हुने भएको छ। आगामी कात्तिक २० गते साँझ चिप्लेढुङ्गास्थित गाउँघर दोहोरी साँझमा साँझ साढे ७ बजेबाट कार्यक्रम हुने बताइएको छ ।
गाउँघर दोहोरी साँझको प्रस्तुति तथा स्पेस डान्स स्टुडियोको सहकार्यमा हुने कार्यक्रममा चर्चित कलाकार दीपिका बैंम्बु मगर, कुमार पुन र जीवन दाहालको विशेष प्रस्तुति रहनेछ । साथै, दोहोरी साँझका कलाकार र सारेगम कला केन्द्रका कलाकारले पनि प्रस्तुति दिने छन् ।
‘दीपावली, छठ तथा नेपाल संवतको शुभकामना’ सहित हुने सो सांगीतिक कार्यक्रमलाई टाइम्स मिडियाको वेबसाइट टाइम्सपाटी डटकममार्फत प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।




Comments are closed.