काठमाडौं । कर्पोरेट खबरका अध्यक्ष उज्ज्वलजंग पराक्रम शाह शब्दयात्रा प्रकाशनद्वारा सम्मानित भएका छन् । शनिबार काभ्रेको बनेपामा आयोजित एक कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको हो ।
सम्मान प्राप्त गरेपछि शाहले शब्दयात्रा प्रकाशनप्रति आभार व्यक्त गर्दै यस सम्मानले आफूलाई थप जिम्मेवार र प्रेरित बनाएको बताएका छन् ।
“शब्दयात्रा प्रकाशनद्वारा आयोजित कार्यक्रममा मलाई प्रदान गर्नुभएको सम्मानप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु । यस विशेष अवसरका लागि शब्दयात्रा परिवारप्रति हार्दिक धन्यवाद । विशेषगरी हरिगोपाल प्रधानज्यूलाई विशेष आभार व्यक्त गर्न चाहन्छु,” उनले भने ।
शाहले शब्द र अक्षर आफ्नो जीवनका अभिन्न अङ्ग रहेको उल्लेख गर्दै पत्रकारिताको यात्रामा शब्द नै आफ्नो शक्ति, पहिचान र कर्म बनेको बताएका छन् ।
“शब्द मेरो लागि केवल अभिव्यक्तिको माध्यम मात्र होइन, जीवनको अहम हिस्सा र समाजप्रतिको जिम्मेवारी पनि हो । शब्दको सम्मानले मलाई थप जिम्मेवार, प्रेरित र उत्साहित बनाएको छ,” उनले भने ।
शब्दयात्रा प्रकाशनले साहित्य, भाषा, पत्रकारिता तथा शब्द साधनासँग जोडिएका व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।







Comments are closed.