चितवनदेखि ढोरपाटनसम्मको मोटरसाइकल राइड सम्पन्न

काठमाडौं । हिमालयन राइडर्स चितवनको आयोजनामा चितवनको भरतपुरदेखि बागलुङको प्रमुख पर्यटकीय गन्तव्य ढोरपाटनसम्मको मोटरसाइकल राइड सम्पन्न भएको छ।

​चितवनका अटोमोबाइल व्यवसायीको उत्साहजनक सहभागिता रहेको उक्त राइड कात्तिक २७ देखि ३० गतेसम्म सञ्चालन भएको थियो।

आन्तरिक पर्यटन र ‘राइड टुरिजम’को प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजित यो यात्रा निकै उपलब्धिमूलक र महत्त्वपूर्ण बनेको हिमालयन राइडर्सका संयोजक अमित जोशीले जानकारी दिए ।

You might also like

Comments are closed.

Secret Link