चाँदी आयातमा सीमा निर्धारण

काठमाडौं । चाँदी आयातका लागि एक पटकमा ३५ हजार अमेरिकी डलर बराबरको सीमासम्ममा मात्रै सटही सुविधा उपलब्ध हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले भनेको छ, ‘चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ३५ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ ।’ सुनचाँदीको कारोबार तथा आयात निर्यात गर्न विधिवत् दर्ता भएका र इजाजत लिएका नेपाली सुनचाँदी व्यवसायीले खुला बजारबाट आयात इजाजत व्यवस्थाअनुसार बैंक ग्यारेन्टी, प्रतीतपत्र र स्ट्यान्ड वाई प्रतीतपत्रको माध्यमबाट मात्रै आयात गर्न सक्नेछन् ।

केन्द्रीय बैंकका अनुसार यसरी आयात गरिएको चाँदी व्यवसायी स्वयम्ले गरगहना बनाई बिक्री गर्न, हस्तकलालगायत सामान बनाई बिक्री गर्न वा त्यस्तो कार्य गर्ने व्यवसायीलाई बिक्री गर्न र निर्यात गर्ने प्रयोजनका लागि मात्रै प्रयोग गर्न सकिनेछ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०७६ मा आज संशोधन गर्दै वाणिज्य बैंकले साना सुनचाँदी व्यवसायीलाई मात्र बिक्री गर्ने प्रयोजनका लागि खुला बजार आयात इजाजतको व्यवस्थानुसार बैंक ग्यारेन्टी, प्रतीतपत्र र स्ट्यान्ड वाई प्रतीतपत्रको माध्यमबाट प्रचलित व्यवस्था अनुसरण गरेर मात्रै चाँदी आयात गर्न सकिने व्यवस्था गरेको छ ।

Prithivi

त्यस्तै, एकपटकका लागि अधिकतम ५० हजार अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान मात्रै आयात गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि त्यस्तो सीमा एक लाख अमेरिकी डलर बराबर थियो । यसैगरी, केन्द्रीय बैंकले विभिन्न ६ विषयमा समेत संशोधन गरेको छ । विदेशी मुद्रा मुद्दती निक्षेपको अवधि कम्तीमा एक वर्षको हुुनपर्नेछ । त्यस्तो खाता अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अष्टे«लियन डलर, क्यानेडियन डलर, जापानिज येन र चिनियाँ युआनमा मात्रै खोल्नुपर्नेछ ।

मुद्दती निक्षेप ब्याज सम्बन्धित वाणिज्य बैंकको नियमानुसार प्रदान गर्नुपर्नेछ । साँवाको हकमा भ्ुुक्तानी अवधि समाप्त भएपछि मात्र फिर्ता गर्नुपर्नेछ । एक वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेप एक वर्ष अवधि सकिएपछि निक्षेपकर्ताले झिक्न वा अन्य प्रिम्याचुअर गर्न चाहेमा फिर्ता गर्न सकिनेछ । मुद्दती निक्षेप खातामा बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्नुपर्नेछ । त्यस्तो रकम फिर्ता गर्नुपरेको खण्डमा समेत बैंकिङ प्रणालीमा नै फिर्ता गर्नुपर्छ ।

संस्थागत विदेशी निक्षेपकर्ता तथा गैरआवासीय नेपालीबाट न्यूनतम पाँच हजार वा सो बराबरको निक्षेप सङ्कलन गर्न सकिनेछ । गैरआवासीय नेपाली नागरिकको हकमा संयुक्त रुपमा त्यस्तो खाता खोल्न सक्नेछन् । गैरआवासीय नेपाली नागरिकले प्रवद्र्धन गरेको विदेशस्थित संस्थाको मात्र खाता खोल्न सक्नेछन् । त्यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्ने गरी निक्षेपकर्ताको नाममा विदेशमा खोलिएको खातामा फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार त्यस्तो निक्षेप खातामा बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्नुपर्नेछ । उक्त रकम फिर्ता गर्नु परेको खण्डमा समेत बैंकिङ प्रणालीमार्फत नै फिर्ता गर्नुपर्नेछ । त्यस्तै, केन्द्रीय बैंकले डेरिभेटिभका सम्बन्धमा समेत केही व्यवस्थामा संशोधन गरेको छ ।

 

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...