६५ लाख रुपैयाँ बराबरको सामान बरामद

 

 

वीरगञ्ज । भन्सार छली ल्याएको करिब ६५ लाख रुपैयाँ बराबरको खुद्रा सामान तथा औषधि लोड रहेको ट्रकसहित चालक चितवन राप्ती नपा वडा नं ४ का ३२ वर्षीय सुरेशकुमार लामालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिलविजकभन्दा बढी खुद्रा मालवस्तु तथा औषधि लोड गरी पोखरा लग्दै गरेको ना६ख ६६६७ नम्बरको मालवाहक सो ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं ८ घण्टाघरस्थित सडकखण्डबाट नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको सामानसहित ट्रकको समेत रु ६५ लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.