सुदूरपश्चिममा ह्वात्तै बढे संक्रमित

 

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमित ह्वात्तै बढेका छन् । सोमबार एकैदिन यस प्रदेशमा २८ जनामा संक्रमणको पुष्टि भएको छ । यसअघि आइतबार पाँच जनामा मात्रै संक्रमण देखिएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८७७ जनाको नमूना परीक्षण गर्दा २८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआरमार्फत तीन र एन्टिजेनमार्फत २५ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा तीन र एन्टिजेनमार्फत बैतडीका १२, कैलालीका नौ र कञ्चनपुरका चार जनामा संक्रमण पुष्टि भएको छ ।

jutta mela

गएको २४ घण्टामा प्रदेशभर चार जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि आइतबार यस प्रदेशमा पाँच जनामा संक्रमण पुष्टि हुँदा चार निको भएका थिए । सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।

You might also like

Comments are closed.