बाग्मती । मकवानपुर जिल्लाका सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गराउन थालिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट मास्क नलगाउने ६० जनालाई १ सय रुपैयाँका दरले जरिवाना गरेको हो ।
कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले मास्क नलगाइ हिँड्डुल गर्नेलाई कारबाही गरिएको जानकारी दिए । उनले पटकपटक सचेत गराउँदासमेत आदेशको पालना नगरेकाले कारबाहीस्वरुप जरिवाना गरिएको बताए । उनीहरुलाई कोभिड–१९ संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम जरिवाना गराइएको हो ।
यही माघ ९ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाको सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो । साथै प्रहरीले हेटौँडामा मास्क वितरण गर्नुका साथै सङ्क्रमणबाट सचेत रहन आग्रह गर्दै आएको छ ।
Comments are closed.