नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टरको स्थापना दिवसमा रक्तदान

पोखरा । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टर को १० औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थापना दिवस को अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा बीमा कम्पनीका कर्मचारीहरु तथा अभिकर्ताहरुले रक्तदान गरेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारीको अधिकृत पोषक राज पौडेल थिए भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दिपकराज तिवारीले गरेका थिए

। कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष केशव राज ढकालले संस्थाको वारेमा जानकारी गराएका थिए । मनोज भारतीको संयोजनमा भएको रक्तदान कार्यक्रममा ३५ यूनिट रगत संकलन भएको छ । संस्थाका उपाध्यक्ष तेजप्रसाद अधिकारीले सम्पूर्ण रक्तदातालाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम सचिव बद्रीनाथ पौडेलले सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.