विदेश पढ्न जाने विद्यार्थीले व्यावसायिक शिक्षामा जोड दिनुपर्ने

काठमाडौं । विद्यार्थी विदेश पढ्न जाँदा सिपमुखि व्यावसायिक शिक्षा लिएर युनिभर्सिटीको पढाइ सुरु गर्दा विद्यार्थीकालमै राम्रो आम्दानी गर्न सकिने इक्यानका निबर्तमान अध्यक्ष विष्णुहरि पान्डेले बताएका छन् । व्यावसायिक पढाईमा ‘भिषा सक्सेस रेट’ ८७ प्रतिशत भन्दा बढी रहेकाले अहिले यसमा विद्यार्थीको आकर्षण बढेको पाण्डेको बुझाइ छ ।

नेपाली लगानीकर्ताले सञ्चालन गरेको अस्ट्रेलियाको प्राविधिक कलेज इन्टरनेशनल इन्स्टिच्यूट अफ एजुकेशनद्वारा आयोजित ‘विकासोन्मुख देशमा व्यावसायिक शिक्षाको आवश्यकता’ विषयमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले आफ्नो धारणा राखेका हुन् ।

उज्ज्वल भविश्यको ताल्चाको साँचो भनेको व्यावसायिक शिक्षा भएकाले व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बैंकर अनिल केशरी शाहले बताए ।

कार्यक्रममा कलेजका संस्थापक सिइओ सागर लोहनीले बजारमा दक्ष जनशक्तिको परिपूर्ति गर्ने भनेकै व्यावसायिक शिक्षा भएकाले विद्यार्थीको हित बुझेर मार्गनिर्देशन गर्नु जरुरी रहेको बताएका छन् ।

अष्ट्रेलियाले आउँदो आठ वर्षभित्र नेपालीकै लागि विभिन्न क्षेत्रमा ३४ हजार रोजगार सिर्जना गर्ने योजना लिएको एनएलएफका सीइओ एन्ड्रयु स्किडमोरे बताए । व्यावसायिक शिक्षामार्फत नेपाली युवाले अष्ट्रेलियाबाट डिजिटल मार्केटिङ स्ट्राटेजी, डिजिटल टेक्नोलोजी, सञ्चार, दक्षता, नेतृत्व, श्रम, इन्टरप्राइजेजशिप, पोलिसी लगायत क्षेत्रमा दक्षता हासिल गर्न सक्ने उनले जानकारी दिए ।

You might also like

Comments are closed.