प्रत्येक प्रदेशमा दुई वटा मेडिकल कलेज स्थापना

काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा कम्तीमा दुई वटा शिक्षण अस्पताल/प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०७९र२०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रत्येक प्रदेशमा दुई वटा शिक्षण अस्पताल तथा प्रतिष्ठान खोल्ने नीति लिएको बताएकी छन् ।

यस्तै नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने उल्लेख छ । यस्तै चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थी सङ्ख्या वृद्धि गर्ने उल्लेख गरिएको छ ।

दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई उद्धार कार्यलाई थप व्यवस्थित बनाइने छ । यस्तै दुर्गम जिल्लामा स्वास्थ्य सेवा पु¥याउनका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति भण्डारीले सरकारले कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरिएको बताइन् ।

jutta mela

यस्तै आधारभूत र जीवनरक्षक औषधि र अक्सिजन तथा औषधिजन्य सामग्री उत्पादनलाई थप प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै नेपाली औषधि उत्पादकहरुको उत्पादन क्षमता वृद्धि गरी औषधिको आपूर्तिमा सुधार गरिने छ ।

You might also like

Comments are closed.