सम्मान तथा शुभकामना आदान प्रदान

पोखरा । पोखरा १५ स्थित तल्लो जनशक्ती टोलमा नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पोखरा १५ का वडा अध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा २०७८ सालको क्यालेन्डर पनि विमोचन गरिएको थियो ।

टोलले १ बर्षको अवधीमा आफ्नै भवन निर्माण गरि जेष्ठ नागरिक दिवा सेवा संचालन गर्दै आएको अध्यक्ष मनहरी सुवेदीले जानकारी दिए । टोलवासीको आपसी मेलमिलापका कारण टोल नमुना बन्न सफल भएकोमा वडा अध्यक्ष प्रकाश पौडलेले खुसी व्यक्त गरे । साथै टोलको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा ७० बर्ष माथिका ज्येष्ठ नागरिक, संस्थापक, टोलका विद्यार्थी लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सल्लाहकार अर्जुन पौडेल, संस्थापक अध्यक्ष दीपक लोहनी, शान्त कुमार श्रेष्ठ तथा आमा समुहका अध्यक्ष बिष्णु पौडेल लगायतले टोलको विकासमा सामुहिक भावनाले सकारात्मक सोचका साथ अगाडी बढ्नुपर्ने बताए । राम्रो तथा सकारात्मक सोचका साथ कार्यक्रम गरिएको र धामिएक पुराण पनि आयोजना गर्ने उदश्य रहेको शिक्षाविद हरि कार्कीले बताए ।

संस्थाका अध्यक्ष मनहरी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रेविका के.सीले गरेकी थिइन् ।

You might also like

Comments are closed.