चट्याङले निसीखोला जलविद्युत आयोजनामा क्षति

 

बलेवा । चट्याङले लघु जलविद्युत आयोजनाको प्रसारण लाइनमा क्षति पु¥याएपछि बागलुङको निसीखोलामा विद्युत आपूर्ति बन्द भएको छ ।

आयोजनाको प्रसारण लाइनमा परेको चट्याङले ३०० घरको वाइरिङमा क्षति पु¥याएको छ । निसीखोला गाउँपालिका–२ का ३०० घरमा विद्युत आपूर्ति बन्द भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए । “प्रसारण लाइनमा परेको चट्याङले सबै घरको वाइरिङमा क्षति पुगेको छ”, उनले भने, “यसको पुनःनिर्माण तत्कालै सम्भव छैन ।”

विद्युत आपूर्ति बन्द भएपछि यहाँका सर्वसाधारणलाई सञ्चारको असुविधा भएको छ । चट्याङका कारणले वडा नं २ मा चार सामान्य घाइते भएका छन् भने केही पशुचौपायको मृत्यु भएको विश्वकर्माले बताए । चट्याङले जलविद्युत आयोजनामा पु¥याएको क्षतिको विवरण सङ्कलन भैरहेको विकले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...