काठमाडौं । जीवन बीमक संघ नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको र समता एडुकेसन ट्रस्टलाई सहयोग गरेको छ । संघले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका डा. भागवान कोईरालालाई ४० लाख रुपैयाँ र समता एडुकेसन ट्रस्टका निर्देशक दिपक सन्जेललाई ३० लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा जीवन बीमक संघ नेपालका अध्यक्ष लगायतका पदाधिकारीद्वारा बीमा समितीका अध्यक्ष र कार्यकारी निर्देशक लगायत उपस्थित थिए ।
समता एडुकेसन ट्रस्ट संस्थाले देशभरी ५० हजार भन्दा बढी विपन्न विद्यार्थीलाई शिक्षा र स्वास्थ्यमा सहज पहुच बनाउने उदेश्यले सबै प्रदेशमा बिद्यालय संचालन गरेको छ ।
त्यसैगरि, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका –०७ मा सहज र सुलभ मूल्यमा पेडियाट्रिक सुविधा सहितका बाल अस्पताल बनाउने उद्देश्य लिएको छ भने नेपालको सातै वटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उद्देश्य लिएको छ ।
जीवन बीमक संघ नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले समाजलाई भलो हुने यस्ता कार्यमा आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व जारी राख्ने बताए ।
बीमा समितीका अध्यक्ष सुर्य प्रसाद सिलवालले राम्रो काम गर्ने समाज सेवी संस्थाहरुलाई सहयोग गर्न पाउनु खुशीको कुरा रहेको र संस्थागत समजिक उत्तरदायित्व अन्तर्गत सबै कम्पनीहरुले यस्ता कार्य गर्नुपर्ने बताए ।
Comments are closed.