आँबुखैरेनीमा हाइवे इमरजेन्सी अस्पताल एण्ड ट्रमा सेन्टर

तनहुँ । जिल्लाको पुर्वी नाकामा रहेको आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा हुन सक्ने दुर्घटनालाई लक्षित गरी हाइवे इमरजेन्सी अस्पताल एण्ड ट्रमा सेन्टर निर्माण गर्ने योजना बनाएको छ ।

आँबुखैरेनी गाउँपालिका-१ सत्रसयमा रहेको सार्वजनिक जग्गामध्ये करिब बीस रोपनी जग्गा सदुपयोग गरी एक सय शय्या क्षमताको अस्पताल बनाउन संम्भाव्यता अध्ययन गर्न लागिएको हो ।

प्रदेश र सङ्घीय सरकारका स्वास्थ्य मन्त्रालयमा अस्पताल निर्माणको लागि उक्त स्थान उत्तम रहेको भनी गाउँपालिका कार्यालयले सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

jutta mela

सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले केही बजेट बिनियोजन गरेकोले छिट्टै अध्ययन गरी उचित स्थान ठहरिए प्रक्रिया अघि बढाइने उनले बताए । हाइवेसँगै जोडिएको उक्त स्थानमा करिब एक सय रोपनी जग्गा सार्वजनिक रहेकोले गाउँपालिकाले जग्गा संरक्षणका साथै सेवा प्रदान गर्न अस्पताल निर्माण गर्ने अवधारण अघि बढाएको हो ।

गाउँपालिकाको वडा नं २ र ४ को सिमनामा पर्ने ऐना पहरामा ऐना पार्क बनाउन लागेको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख बिनियोजन गरिसकेको सो गाउँपालिका कार्यालयले जनाएको छ । बहुबर्षीय योजना अन्तर्गत आफ्नै स्रोतमा डिपिआर गरी प्रक्रिया अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए ।

कूल रु पाँच करोड लाग्ने अनुमान अनुरुप गौरबको आयोजनामा राखेर काम गर्न लागेको गाउँपालिका कार्यालयले जनाएको छ । पृथ्वीराजमार्ग भएर दैनिक सयौँ सवारीसाधन गुड्ने हुँदा यस सडक खण्डमा हुनसक्ने दुर्घटनालाई लक्षित गरी हाइवे इमरजेन्सी अस्पताल एण्ड ट्रमा सेन्टर निर्माण गर्ने योजना बनाइएको हो ।

You might also like

Comments are closed.