भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

कामाडौं । खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ ।

अनुकूल मौसम नभएपछि काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि विमानलाई जनकपुर विमानस्थलमा अवतरण गराइएको हो ।

बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरिएको हो ।

त्यसपछि पुनः त्यहाँबाट उडेको विमान १०ः२५ मा मात्र काठमाडौंमा अवतरण गरेको छ । झण्डै एक घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको विमानका यात्रु बुटवलका मदन खनालले बताए । बुद्ध एयरका अनुसार इनरूट मौसममा खराबी भएका कारण विमान जनकपुरमा अवतरण गरिएको हो ।

You might also like

Comments are closed.