बर्थिङ सेन्टर बन्द भएपछि महिला र शिशुको ज्यान जोखिममा

लहान । बुधबार दसैंको टीकाको दिन बिहान ९ बजे सञ्जिरा साहलाई प्रसव व्यथा लाग्योे । सुरक्षित प्रसूतिका लागि उनकी सासू अनोधैन साहले सञ्जिरालाई गोलबजार स्वास्थ्य चौकी परिसरमा रहेको बर्थिङ सेन्टरमा पुर्‍याए ।

गोलबजारको बर्थिङ सेन्टरको ढोका बन्द थियो । सेवाग्राहीका रुपमा आएकी अनोधैनले ढोका ढक्ढक्याइन् । निकै बेरपछि ढोका त खुल्यो । तर ढोका खोल्ने व्यक्ति स्वास्थ्कर्मी नभएर सरसफाइकर्मी थिए । सबै स्वास्थ्यकर्मी बिदामा बसेकाले फोन गरेर बोलाउन उनले सञ्जिरालाई आश्वासन दिए ।

स्वास्थ्यकर्मीलाई पालैपालो गरेर फोन गरे पनि बर्थिङ सेन्टरमा आउन कोही पनि तयार भएनन् । सञ्जिराको अवस्था नाजुक हुँदै गएको जानकारी दिएपछि स्वास्थ्यकर्मीले उनलाई अन्यत्र लैजान फोनबाट सुझाव दिएको सञ्जिराकी सासू अनोधैनले बताइन् । उनले एम्बुलेन्समा बुहारीलाई प्रादेशिक अस्पताल लहान लगिन् । लहान अस्पतालका स्वास्थ्यकर्मीको सहयोगमा सञ्जिराले सुरक्षित रुपमा बच्चा जन्माइन् ।

jutta mela

“स्वास्थ्यकर्मीले ढिलो गरी ल्याएकामा मलाई हप्काए, केही बेर ढिलो गरेको भए अनिष्ट हुनेथियो”, सासू अनोधैनले भनिन् । मातृ शिशु मृत्युदर घटाउन राज्यले हरेक प्रयत्न गरिरहेको छ । प्रसूति गराउन स्वास्थ्य संस्थामा नै जानु पर्दछ भनेर चेतना फैलाउने गरिएको छ । तर गोलबजार बर्थिङ सेन्टरमा पुगेका सुत्केरीले त्यसको अनुभूति गर्न पाएका छैनन् ।

गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णले बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी नहुनु गम्भीर लापरबाही भएको बताए । दोषी कर्मचारीउपर दसैै बिदापछि कारबाही गरिने उनको भनाइ छ ।

You might also like

Comments are closed.