बाढीले नरैनापुरका दुई सय घर पूर्ण क्षति

काठमाडौं । चार दिनदेखिको वर्षाले बाँकेको नरैनापुर गाउँपालिकाको छवटै वडा डुबानमा परेको छ । नरैनापुर गाँउपालिकामा दुई सय घरमा पूर्णरुपमा क्षति पुगेको छ भने हजारभन्दा बढी स्थानीय बासिन्दा प्रत्यक्षरुपमा प्रभावित भएको गाउँपालिका विपत् शाखा प्रमुख तथा सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले बताए ।

उनका अनुसार वर्षाले नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का अधिकांश गाउँमा पानी पस्दा स्थानीयवासी प्रभावित भएका हुन् । छवटै वडाका अधिकांश गाउँ जलमग्न भई केहीको घरमा समेत पानी पसेको छ ।

गाउँपालिकाको वडा १ बनिया गाउँ, २ को रोशनपुरवा, महतिनिया, ३ को बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, वडा ४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा, वडा नंं ५ को जमुनहा, ६ को दोँदरा, २४ विगहा लगायतका गाउँका अधिकांश घरमा पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।

jutta mela

बाढी र डुबान बाढीले नरैनापुरका दुई सय घर पूर्ण क्षति
चार दिनदेखिको वर्षाले बाँकेको नरैनापुर गाउँपालिकाको छवटै वडा डुबानमा परेको छ । नरैनापुर गाँउपालिकामा दुई सय घरमा पूर्णरुपमा क्षति पुगेको छ भने हजारभन्दा बढी स्थानीय बासिन्दा प्रत्यक्षरुपमा प्रभावित भएको गाउँपालिका विपत् शाखा प्रमुख तथा सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले बताए ।

उनका अनुसार वर्षाले नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का अधिकांश गाउँमा पानी पस्दा स्थानीयवासी प्रभावित भएका हुन् । छवटै वडाका अधिकांश गाउँ जलमग्न भई केहीको घरमा समेत पानी पसेको छ ।

गाउँपालिकाको वडा १ बनिया गाउँ, २ को रोशनपुरवा, महतिनिया, ३ को बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, वडा ४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा, वडा नंं ५ को जमुनहा, ६ को दोँदरा, २४ विगहा लगायतका गाउँका अधिकांश घरमा पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।

बाढी र डुबान पीडितका लागि तत्काल खाद्य बस्तु उपलब्ध गराउन जिल्ला विपत् व्यवस्थापन समितिलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । अध्यक्षले शाहले भने, “राप्ती नदीको पानीले भन्दा नरैनापुरको नजिकै रहेको पहाडको पानीले यहाँका स्थानीयलाई प्रभावित बनाएको छ ।”

समयमा वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गर्नुपरेको भन्दै अध्यक्ष शाहले नरैनापुरमा अहिलेको बाढी, डुबान र कटानले धान बाहेकका खेतीबाली सखाप पारेको बताए । वडा नं ३ का अध्यक्ष अजय मिश्रले घरमा रहेका सबै सामान भिजेर काम नलाग्ने अवस्थामा पुगेको भन्दै बाढी पीडितका लागि खानाको समस्या भएको बताए ।

पीडित लागि तत्काल खाद्य बस्तु उपलब्ध गराउन जिल्ला विपत् व्यवस्थापन समितिलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । अध्यक्षले शाहले भने, “राप्ती नदीको पानीले भन्दा नरैनापुरको नजिकै रहेको पहाडको पानीले यहाँका स्थानीयलाई प्रभावित बनाएको छ ।”

समयमा वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गर्नुपरेको भन्दै अध्यक्ष शाहले नरैनापुरमा अहिलेको बाढी, डुबान र कटानले धान बाहेकका खेतीबाली सखाप पारेको बताए । वडा नं ३ का अध्यक्ष अजय मिश्रले घरमा रहेका सबै सामान भिजेर काम नलाग्ने अवस्थामा पुगेको भन्दै बाढी पीडितका लागि खानाको समस्या भएको बताए ।

You might also like

Comments are closed.