काठमाडौं ।
दोस्रो लहरको कोरोना संक्रमणको दर बढेपछि राजधानी काठमाडौंमा आजबाट निशेधाज्ञा लागु गरिएको छ । आज बिहानबाट सुरु भएको निशेधाज्ञा वैशाख २२ गतेसम्म लागु हुनेछ । २२ गतेपछि पनि निशेधाज्ञा थप हुने सम्भावना बढी छ ।
काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लामा निशेधाज्ञाको प्रभाव परेको छ । सडकमा अत्यावश्यक सेवाका सवारी बाहेक गुडेका छैनन् । सरकारले पनि अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सम्पूर्णलाई आग्रह गरेको छ ।
घर बाहिर निस्किए कारवाही हुने बताइएको छ । आदेश पालना नगरेमा संक्रामक रोग ऐन अन्तर्गत एक महिना जेल वा एक सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ ।




Comments are closed.