नेपालको पहिलो CPVC पाइप र फिटिंगस् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र निर्यातकर्ता मंगलम उद्योग प्रा.लि.को सिदार्थ नगर कारखानामा मंगलबार आगलागी भएको छ । बिहान १० बजे नजिकैको मैदानमा पराल जलेको कारण आगो शुरू भएको थियो र करिब ५ देखि ७ करोड सम्मको उत्पादन र गोदाम शेडमा आगोले क्षति पु¥याएको छ । थप क्षतिको अनुमान हुदैँ छ ।
मंगलम उद्योग प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरीवालका अनुशार उद्योगमा रहेका सामग्री लगायतका विभिन्न संरचनाहरू आगलागीबाट क्षतिग्रस्त भएका छन् । उद्योगमा उचित फायर प्रोटोकलको पालना गरे तापनि यो घटनालाई रोक्न नसकिएको तर फायर प्रोटोकलहरू प्रतिको हाम्रो कट्टर पालनाको कारणले क्षति केही हदसम्म कम भएको उनले बताए । दुर्घटनाको क्रममा कोही पनि घाइते भएको छैन । आगो निभाउने उपकरणहरू प्रयोग गरेका हाम्रा कारखानाका कर्मचारीहरूको कडा परिश्रमबाट र सिद्धार्थ नगरपालिकाको फायर ब्रिगेड टीम, नेपाल पुलिस, नेपाली सेना र स्थानीय अधिकारीहरूको सहयोगबाटहामीले आगोलाई रोक्न सक्षम भएको उनले बताए ।
सिद्धार्थ नगर कारखानाका कारखाना प्रमुख प्रदीप शुक्लाले भने, ूआगलागी हुँदा सबै सुरक्षा अभ्यास र आपतकालिन विधिहरू विधिवत पालना गरिएको थियो । हाम्रो नियमित अग्निसुरक्षा अभ्यासहरुका कारण हामीलाई आगो नियन्त्रण गर्न र बाँकी सुविधालाई बचाउन सक्यौँ ं।ू
Comments are closed.