प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनी गाभ्ने गाभिने सम्बन्धि अन्तिम सम्झौता

काठमाडौं ।  प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा तिनवटा कम्पनीको डिडिए गर्ने कार्य सम्पन्न भइ तिन कम्पनीहरु गाभिने गरि सहमती भएको छ ।

माघ १ गते नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको उपस्थितीमा भएको कार्यक्रममा गाभ्ने गाभिने सम्बन्धि अन्तिम सम्झौता सम्पन्न भएको छ ।  प्राइम लाइफ इन्स्योरेन्स कं.लि., गुराँस लाइफ इन्स्योरेन्स कं. लि. र युनियन लाइफ इन्स्योरेन्स कं. लि. को १ :१ : १ शेयर अनुपात कायम गरिएको छ ।

मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ । मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ ।

कम्पनीको मर्जर लगायतको कार्यहरु नियमित गरि कर्मचारी व्यवस्थापन र शाखाहरुको व्यवस्थापन सम्बन्धि कार्यलाई अघि बढाउने र समग्रमा एकिकृत कारोबार यथाशक्य छिटो शुरु गर्ने समेत सहमति भएको छ ।

 

You might also like

Comments are closed.