काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले आइतबार एक सूचना जारी गर्दै विकास आयोजनाको काम अलपत्र पार्ने १२ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखिएको जानकारी दिएको छ ।
विभिन्न विकास आयोजना कार्यालयले गरेको सिफारिसको आधारमा अनुगमन कार्यालयले यी कम्पनीहरुलाई कालोसूचीमा राखेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यसरी कालोसूचीमा परेका यी निर्माण कम्पनीहरुले आगामी ३ वर्षसम्म सार्वजनिक खरिदका कार्यमा भाग लिन पाउने छैनन्।
कालोसूचीमा पर्ने कम्पनीमा नेपाल दुरसंचार कम्पनीको सिफारिसमा युनिभर्सल मल्टी सर्भिस, सडक डिभिजन प्युठानको सिफारिसमा स्वर्गद्वारी महाप्रभु विल्डर्स, सुक्रित निर्माण सेवा, एसीडी कन्स्ट्रक्सन, सडक डिभिजन डोटीको सिफारिसमा राष्ट्र सेवा निर्माण सेवा, मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी, लक्ष्मी निर्माण सेवा, जलेश्वर निर्माण सेवा, डिभी घिमिरे कन्स्ट्रक्सन, अन्जना निर्माण सेवा, दिल्ली ट्रेडिङ र बी म्यानेजमेन्ट कम्पनी रहेका छन् ।
Comments are closed.