शिक्षा सेवा आयोगले गर्‍यो लुम्बिनीका १५७ प्रावि शिक्षकलाई बढुवा (सूचिसहित)

काठमाडौं ।  शिक्षा सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालयले लुम्बिनी प्रदेशमा १५७ प्रावि शिक्षकलाई बढुवाका लागि सिफारिस गरेको छ ।

शिक्षक सेवा आयोगले आइतबार एक सूचना जारी गर्दै, कार्य सम्पादन मूल्यांकनको आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने शिक्षकहरू बढुवा सूचीमा परेको जनाएको हो ।

सिफारिस पर्नेमा रुकुमपूर्वका ११, पाल्पाका ३३, गुल्मीका २१, अर्घाखाँचीका १२, रुपन्देहीका ५, कपिलवस्तुका ३, रोल्पाका २६, प्युठानका १५, दाङका ५, बाँकेका ६ र बर्दियाका २० जना प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक रहेका छन् ।

साथै आयोगको सूचनामा बढुवा सिफारिस समितिले सार्वजनिक गरेको नामावलीमा चित्त नबुझे ३५ दिनभित्र उजुरी दिन समेत भनेको छ ।

 

You might also like

Comments are closed.