यूटीएललाई माघ मसान्तसम्म ५ अर्ब ३० करोड बढी बक्यौता तिर्न दूरसञ्चारको निर्देशन

काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकमलाई माघ मसान्तसम्म ५ अर्ब ३० करोड बढी  बक्यौता  तिर्न निर्देशन दिएको छ ।

नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणको हालसम्म बुझाउनु पर्ने साढे ५ अर्ब ३० करोड बढी  बक्यौता दाखिला गर्न कम्पनीलाई प्राधिकरणले निर्देशन दिएको हो ।

पुष मसान्तसो बाँकी रकम ५ अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३.८८ रुपैयाँ लामो समय दाखिला नभएकोले सम्पूर्ण बक्यौता माघ मसान्तसम्म बुझाई सक्कल भौचर प्राधिकरणमा दाखिला गर्न प्राधिकरणले भनेको छ ।

यदि माघ मसान्तसम्म रकम दाखिला नगरे कानून बमोजिम अघि बढ्ने प्राधिकरण चेतावनी दिएको छ ।सरकार र प्राधिकरणलाई तिर्नुपर्ने अनुमतिपत्र नविकरण दस्तुरबापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायत दस्तुर रकम बुझाउन निर्देशन गरेको हो ।

युनाइटेड टेलिकम कम्पनीले वि.सं. २०७३ भदौ २० मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्रदान गरेको थियो ।

You might also like

Comments are closed.