गभर्नर अधिकारी र मेयर बालेनबीच भेटवार्ता

काठमाडौं ।  पछिल्लो समयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ”बालेन’ले भेटवार्तालाई तीव्र बनाएका छन् । सोमबार बिहान मात्र प्रधानमन्त्रीलाई भेटेका मेयर शाहले सोमबार नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेका छन् ।

राष्ट्रिय सभागृहको मेयरको कार्यालयमा भएको दुुई जनाबीच भएको भेटवार्तामा स्थानिय सरकारका मातहतमा रहेका सहकारी संस्थालगायत वित्तिय संस्थाहरुको नियमन, निरिक्षण र दुरगामी नीति र कार्य विधी तजुर्मा गर्ने विषयमा केन्द्रित भई छलफल भएको मेयरको सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै, मेयर साह तथा गभर्नर अधिकारीबीच भएको भेटवार्तामा आगामी दिनहरुमा आवश्यक समन्वयन, सहकार्य र छलफल गरेर अगाडि बढ्ने निर्णय समेत भएको सचिवालयले बताएको छ । पछिल्लो सययमा मेयर शाहको निर्णयलाई लिएर काठमाडौंका स्थानीय र सुकुम्बासी आक्रोसित बन्दै गएका छन् ।

jutta mela

बालेनले आफू मेयर भएपछि काठमाडौंमा अतिक्रमित संरचना हटाउने प्रयासमा लागेका छन् । त्यस्तै उनले मुख्य गरी काठमाडौंको सार्वजनिक ठाँउ, नदिका किनारको जग्गा हडपी बसेका सुकुम्बासीलाई हटाउने कार्य गरेका थिए तर त्यो काम सफल हुन सकेको छैन् ।

अहिले सुकुम्बासीहरु सडक आन्दोलन गरिरहेका छन् भने बालेन साह वर्तमान समयमा सृजना भएको समस्यालाई समाधान गर्नका लागि सरकारसँग सहयोग माग्दै भेटर्वातालाई तीव्रता दिइरहेका छन् ।

You might also like

Comments are closed.