एनआईसी एशियाको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा बिक्री खुला

काठमाडौं ।  आजदेखि एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी विक्री खुला गरेको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ७५ हजार कित्ता संस्थापक सेयर शुक्रबारदेखि लिलामीमा ल्याएको हो । सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

न्यूनतम मूल्य प्रतिकित्ता सेयर ७०६ मूल्य तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने बैंकले जनाएको छ । उक्त लिलामी माघ २७ गतेसम्म आवेदकले सेयरमा आवेदन दिन सक्नेछन् ।विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, आवेदनकर्ताले माघ २० गतेपछि कोषबाट घोषणा हने हकप्रद सेयर, बोनस सेयर तथा लाभांश स्वीकृती प्राप्त गर्न सक्नेछन् ।

You might also like

Comments are closed.