मूल्य नपाएपछि बाटो भरि तरकारी (फोटो फिचर)

काठमाडौं । मूल्य नपाएपछि किसानहरुले चितवन भरतपुरको पुलचोकमा तरकारी फालेर आन्दोलन गरेकाछन् ।

उनीहरुले तरकारी बिक्री नभएकोर बजार मूल्य नपाएको उनीहरुको गुनासो गरेका छन् । कृषक पुरन महतोले खेतमा भएका कुनै पनि तरकारीको बिक्री हुन छाडेको र मूल्य पनि नपाइएको भन्दै आन्दोलन स्वरुप बाटोमा तरकारी फालेर आन्दोलन गर्नुपरेको बताए ।

‘बजार मूल्य त पाइने अवस्था छैन नै तरकारी खेतमै सड्ने अवस्था भयो, त्यसैले आन्दोलन गरेका हौं’ किसान महतोले भने, ‘उपभोक्ताको भान्सामा सस्तो मूल्यमा पुगेको भए त चित्त बुझाउँथ्यौ तर यहाँ त न हामीले मूल्य पाउने न त उपभोक्ताले सस्तोमा पाउने अवस्था भयो ।’ (तस्विर कृषक पुरन महतोबाट)

jutta mela

You might also like

Comments are closed.