स्वास्थ्यमन्त्री गिरी र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीिसँग  नेपालका लागि बेलायतका राजदूत निकोला क्याथरिन पोलिटले भेट गरेकी छन् ।

उक्त  भेटवार्तामा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिएका छन् । भेटमा राजदूत निकोलाले वर्षौँदेखि स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताइन् ।

गिरीले आगामी दिनमा नेपालको संघीय, प्रादेशिक र स्थानीय तहमार्फत प्रदान गरिने स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (एनएचएस-एपी) कार्यान्वयन गर्नका लागि आर्थिक एवम् प्राविधिक सहायता निरन्तर प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।

jutta mela

निकोलाले भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् । निकोलाले  २०२६ सम्ममा नेपाल विकसित देशका रूपमा अगाडि बढ्न सहयोग गर्ने वातावरण बनाउन बेलायतले नयाँ-नयाँ कार्यक्रम ल्याउने जानकारी दिइन् ।  उनले स्वास्थ्य सेवामा भइआएका पुराना सहयोगलाई निरन्तरता दिने बताइन् ।

मन्त्री गिरीले बेलायत सरकारको सहयोगमा भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्य सञ्चालन भइरहेको बताउँदै यो सहयोगबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भौतिक पूर्वाधार तयारी र नेपाली प्राविधिक जनशक्तिहरूको क्षमता अभिवृद्धि गर्न अतुलनीय योगदान पुग्ने विश्वास व्यक्त गरे ।

 

 

 

You might also like

Comments are closed.