३ महिनाको अवधिमा राजस्व चुहावटका ६ मुद्दा दायर

काठमाडौं ।  राजस्व अनुसन्धान विभागले २०७९ कार्तिक १५ गतेदेखि आइतबारसम्मको ३ महिनाको अवधिमा ६४ करोड ३१ लाख दाबी रकमसहित राजस्व चुहावटका ६ मुद्दा दायर भएको छ ।

विभागले आइतबार प्रेस नोट जारी गर्दै २०७९ कार्तिक १५ गतेदेखियता राजस्व चुहावटसम्बन्धी ६ र विदेशी मुद्रा अपचलनसम्बन्धी ५२ लाख ३३ हजार ४३७ रकम माग दाबीसहित मुद्दा दायर गरेको जनाएको छ ।सो अवधिमा ५८ लाख १८ हजार जरिवाना रकम असुल भएको छ ।

विभागका अनुसार पछिल्लो तीन महिनामा राजस्व चुहावटका १ सय ९९ सूचना आएका थिए । जसमध्ये ७६ सूचनामाथि थप अनुसन्धानका लागि विभिन्न निकायमा लेखि पठाएको र छ सूचनामाथि अनुसन्धान टुङ्ग्याएर मुद्दा दर्ता भएको विभागले जनाएको छ

त्यस्तै, विभागले वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसिटिएस) को अनुगमनबाट ७६ फार्म तथा कम्पनीलाई कारबाही भएको जनाएको छ ।

 

You might also like

Comments are closed.