पोखराको पार्किङ हटाउने निर्णयप्रति बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको विरोध

पोखरा ।पोखराको मुख्य बजार क्षेत्रबाट पार्किङ हटाउने निर्णयप्रति बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले विरोध जनाएको छ।

पोखरामहानगरपालिकाले माघ २३ गतेदेखि पृथ्वी चोक, सभागृह चोक, न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार लगायतका मुख्य व्यापारिकक्षेत्रका सडकमा सवारी पार्किङ निषेध गर्ने निर्णय गरेपछि एशोसियसनो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ।

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशब बहादुर खत्रीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ‘कोभिड-१९ कोमहामारी, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरबाट थला परेका व्यवसायीहरूलाई यो निर्णयले आहत पुर्‍याउँछ भन्नेतर्फ महानगरलेध्यान नदिएको तथा महानगरले दीर्घकालीन महत्वको निर्णय लिँदा सरोकारवाला सघसस्था कुनैसँग पनि परामर्श नगरेको उल्लेख छ।’

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनक अध्यक्ष केशब बहादुर खत्रीले पार्किङ हटाउने महानगरको निर्णयले व्यापार, व्यवसायमा व्यापकगिरावट आउने उल्लेख गर्दे व्यवसाय नै बन्द गरेर सडकमा ओर्लनुपर्ने अवस्था आउन सक्ने बताए।

प्रेस विज्ञप्तिमा भनिएको ‘पोखराका धेरै जसो ठाँउमा ट्राफिक जामको समस्या छैन महानगरले एकतर्फी निर्णय गरेर लागु गरेमा यसकोमूल्य हामीले मात्र होइन महानगरले पनि चुकाउने अवस्था आउन सक्ने चेतावनी दिदै अध्यक्ष खत्रीले हाम्रो दिनहुँ हुने व्याापारमा असर पर्नेर यसले सरकारको राजस्वमा पनि प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरेका छन्।’

 

You might also like

Comments are closed.