विद्युतीय बस सञ्चालन अध्ययनका लागि लगानी बोर्डद्वारा आशय पत्रको माग

काठमाडौं ।  लगानी बोर्डको कार्यालयले काठमाडौंको चक्रपथभित्र विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्नका लागि आशय पत्र माग गरेको छ ।

चक्रपथ विद्युतीय बस र्यापिड ट्रान्जिट (ईबीआरटी) आयोजनाको विकास, सञ्चालन र व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्न यसअघि आह्वान गरिएको आशय पत्र रद्द गर्दै लगानी बोर्डको कार्यालयले दोस्रो पटक आशय पत्र माग गरेको हो ।

उक्त आयोजनाको सम्भाव्यता अध्ययनका लागि यसअघि गत मंसिर २६ गतेसम्म आशय पत्र पेस गरिसक्ने गरी ३५ दिने सूचना जारी भएको थियो । त्यो बेला माग गरिएको आशय पत्रमा केही कम्पनीले भौतिक रूपमा प्रस्ताव हालेपछि दोस्रो पटक आशय पत्र मागको सूचना जारी गरिएको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

jutta mela

आबोर्डको कार्यालयले उपलब्ध गराएको आयोजनासम्बन्धी विवरणअनुसार चक्रपथको २७ दशमलव तीन किलोमिटरमा विद्युतीय बस सञ्चालनका लागि छुट्टै लेन बनाउने र आवश्यक पूर्वाधार तयार पार्न १८ महिनाभित्रमा सम्भाव्यता अध्ययन सकिसक्नुपर्नेछ ।

यो आयोजनाका लागि सार्वजनिक-निजी साझेदारी (पीपीपी) अवधारणामा लगानी जुटाएर निर्माण–सञ्चालन र हस्तान्तरण ढाँचा (बुट मोडल)मा अघि बढाउने बोर्डले जनाएको छ । आयोजनासम्बन्धी विवरणअनुसार चक्रपथमा ७० देखि ७५ वटासम्म विद्युतीय बस सञ्चालन गर्न साँढे सातदेखि आठ मिटरसम्म चौडाइका दुईवटा डेडिकेटेड लेन बनाउन सम्भाव्यता अध्ययन गरिनेछ ।

त्यस्तै, विद्युतीय बस सञ्चालनलाई २६ देखि ३० वटासम्म बस टर्मिनल, ३० वटा चार्जिङ स्टेसनलगायत अन्य पूर्वाधार बनाउन अध्ययन गरिने उल्लेख छ । विद्युतीय सवारीसाधन सञ्चालन गर्न तयार पारिने डेडिकेटेड लेन बनाउन राइट अफ वेको जग्गा अधिग्रहण सरकारले गर्नेछ भने आयोजनाको सुरक्षाको जिम्मेवारी पनि सरकारले लिनेछ ।

 

 

 

You might also like

Comments are closed.