काठमाडौंमा बर्डफ्लू देखिएका तीनवटै फार्मका कुखुरा र अन्डा नष्ट

काठमाडौं । काठमाडौंको तीन ठाँउका फर्ममा बर्डफ्लू पुष्टि भए पछि कुखुरा र अन्डा नष्ट गरिएको छ ।

सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको एक स्थान र काठमाडौंका दुई स्थानमा बर्डफ्लूको संक्रमण भएको थियो । पशु विभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मन थाले पछि परिक्षणमा पठाउँदा बर्डफ्लू पुष्टि भएको थियो ।

त्यस्तै ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टि भएको थियो ।पशु विभागका अनुसार यतिखेर तीनवटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्यूनीकरण गरिएको छ ।

जसअनुसार ललितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ । त्यस्तै, रामकोट फार्ममा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा र तार्केश्वर फार्ममा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ ।

You might also like

Comments are closed.