ट्राफिक नियमविरुद्ध सडकमै बस तेर्साएर यातायात मजदुर सडकमा

काठमाडौं ।  ट्राफिक नियमविरुद्ध यातायात मजदुर सडकमा उत्रिएका छन् । यातायात मजदुरले बालाजु क्षेत्रमा सडक सडकमै बस तेर्साएर प्रदर्शन गरेका छन् ।

बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले प्रर्दशन गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ । प्रहरी वृत्त बालाजुकाअनुसार बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध भएको छ ।

ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै सडक अवरुद्ध गरिएको गरिएको हो । पछिल्लो समयमा काठमाडौं महानगरमा ट्राफिक नियम एकदमै कडा पारिएको छ ।

जरिवाना रकम एकदमै महंगो बनाउनुका साथै ६ महिना लाइसेन्स खारजे गर्ने प्रणाली ट्राफिक नियममा भएकोले यसको यातायात व्यवसायीले विरोध गर्दै आएका छन् ।

You might also like

Comments are closed.