सोमबार भएको लुटपाटप्रति नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशको विरोध

काठमाडौं ।  फागुन १ गते काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशले  विरोध जनाएको छ ।

महासंघका अध्यक्ष दिल सुन्दर श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै यातायत मजदुरहरुको प्रदर्शनको क्रममा फागुन १ गते  काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ”यातायात मजदुरहरुको प्रर्दशनको क्रममा यही  फागुन १ गते काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा भएको लुुटपाटको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको छ । यस्तो घट्ना लोकतान्त्रिक गणतन्त्र नेपाल जस्तो देशमा हुनुु निश्चयनै गम्भीर र आश्चर्यजनक छ। राज्य  प्रशासन र कानूनलाई ठाडाे चुनौती दिदैँ  दिनदाडै भएको यो घटनाले मुलुकको शान्ति सुरक्षामा गम्भीर प्रश्न उब्जिएको छ । ”

jutta mela

त्यस्तै, तोडफोड र लुटपाटको घटनाको घोर भत्र्सना गर्दै यस्ता लुुटपाटमा संलग्न जो कोहीलाई पनि पक्राउ गरी उचित सजाय दिन र पीडित व्यवसायीहरुलाई आवश्यक क्षतिपूर्ति प्रदान गर्न सरकारसमक्ष महासंघले विज्ञप्तिमा अपिल गरेको छ । साथै महासंघले उद्योगी व्यवसायीहरुले निर्धक्क साथ आफ्नो व्यापार व्यवसाय गर्ने वातावरण तयार गरिदिन विज्ञप्तिमा सरकारलाई अनुरोध समेत गरेको छ ।

कोभिड १९ को प्रकोप, चर्को बैंक ब्याज लगायतका कारण धरासायी हुँदै गइरहेको उद्योग व्यवसाय क्षेत्रमा यस्ता घट्नाहरुले थप प्रभवित हुने निश्चित रहेको महासंघको ठहर छ ।

 

You might also like

Comments are closed.