प्रधानमन्त्री दाहालसँग मोबाइल व्यवसायी संघद्वारा क्षतिपूर्तिको माग

काठमाडौं । सरकारसँग सोमबार भएको यातायात मजदुरको पर्दशनका कारण गोङ्गबु बसपार्कको ल्होत्से मलमा भएको क्षतिको मोबाइल व्यवसायी सघंले क्षतिपूर्ति माग गरेको छ ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरी संघले गोङ्गबु बसपार्कको ल्होत्से मलमा सञ्चालनमा रहेको मोबाइल पसलहरूबाट भएको मोबाइल, ल्यापटपको चोरी र संरचना तोडफोडबाट अनुमानित ८ करोड बराबरको क्षति भएको जानकारी दिदै उक्त क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको हो ।

उक्त भेटमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा निर्धक्क व्यवसाय गर्न नसकिने परिस्थिति उत्पन्न भएको उल्लेख छ ।अमूर्त आश्वासन भन्दा पनि ठोस प्रतिबद्धता चाहिएको भन्दै व्यवसायीहरूले अन्यथा देशैभरबाट व्यवसायीहरूको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

ज्ञापन पत्रमा भनिएको छ, ‘दिन दहाडै सुरक्षालाई चुनौती दिँदै लुटपाटको शैलीमा यस्ता अराजक गतिविधि भइरहँदा हाम्रो अभिभावक सरकारसँग नगए हामी कहाँ जाउँ रु यहाँबाट उचित क्षतिपूर्ति र व्यवसाय पुनः निर्धक्क सञ्चालन गर्न सक्ने अवस्थाको प्रत्याभूतिको लागि सविनय अनुरोध गर्दछौँ ।क्षतिको आकलन गर्दै तत्काल क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनका नाममा लुटपाट तथा आपराधिक क्रियाकलाप गर्नेहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन समेत अनुरोध गर्दछौँ’ ज्ञापनपत्रमा उल्लेख गरिएकाे छ ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले एक समिति बनाएर घटनाबारे अनुसन्धान गर्ने र उचित क्षतिपूर्ति दिलाउने आश्वासन दिएको संस्थाका अध्यक्ष भरत भट्टराईले जानकारी दिए ।

You might also like

Comments are closed.