काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिकाले चालु आर्थिक वर्षको ८ महिनामा २८ करोड खर्च मात्र खर्च गरेको छ ।नगरपालिका स्रोतका अनुसार नगरपालिकाले १ अर्ब १६ करोड ७८ लाख ८५ हजार चालु आवको जम्मा विनियोजित बजेटमध्ये दोस्रो चौमासिकसम्म २८ करोड मात्र बजेट खर्च भएको हो ।
नगरपालिकाले हालसम्म २४ प्रतिशत मात्र बजेट खर्च गरेको हो । मुनाल सामुदायिक संस्थाले आयोजना गरेको नगरस्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा जानकारी नगरपालिका योजना अधिकृतले दिएका छन् ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत गरेको प्रगति विवरणअनुसार शिक्षा, स्वास्थ्य, कृषि, सडक निर्माण तथा समाजिक सुधारलगायत ३७ वटा शिर्षकहरुमा उल्लेखनीय कार्यहरू गरेको प्रगति विवरणमालालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीले बताए ।
त्यस्तै, हालसम्मको पुजीगत खर्च १० दशमलव ४२ प्रतिशत रहेको छ। हाल सम्मको आम्दानी आन्तरिक स्रोतबाट ५७ दशलव ९ प्रतिशत खर्च भएको नगरप्रमखु अधिकारीले बताए। माघ मसान्तसम्मको आयव्यय विवरण अनुसार कुल वार्षिक बजेटको चालु खर्च ३५ दशमलव ४३ प्रतिशत खर्च भएको उनले बताए।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका १७ वटै वडाका जनप्रतिनिधि, कर्माचारी तथा सेवाग्राहीहरुको सहभागीता रहेको थियो।
Comments are closed.