१ जनाले धेरै वटा लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था ल्याउदै राष्ट्र बैंक

काठमाडौं ।  राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले बर्तमान समयमा लद्युुवित्तमा देखिएको समस्या समाधानका लागि एकै जनाले धेरै वटा लघुवित्तबाट ऋण लिन नपाउने नियम ल्याउन लागेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित ”संकटमा लघुवित्तः कारण र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले सो व्यवस्था ल्याउने तयारीमा जुटेको बताएका हुन् ।

लघुवित्तले केवाईसी समेत कार्यान्वयन नगरेको, सदस्यले छलेर ऋण लिएको, एउटाको ऋण तिर्न अर्को लघुवित्तबाट ऋण लिएको पाईएको लगायतका कारणले एकै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गर्न लागिएको उनले बताए । छिट्टै राष्ट्र बैंकले यसबारे निर्देशन जारी गर्ने उनले उल्लेख गरे ।

त्यस्तै लघुवित्तको ऋण तिर्दिन भन्नु जायज नहुने बताउँदै नेपालले वास्तवमै समस्यामा रहेका ऋणीहरूको समस्या समाधानमा राष्ट्र बैंकले भूमिका खेल्ने पनि जानकारी दिए। साथै,उनले वित्तीय संरचनामा कुनै सदस्यले लिएको ऋण उसैको कुनै साथीको निक्षेप समेत हुने भएकोले ऋण नतिर्ने भन्ने पक्षमा कोही जान नहुने समेत स्पष्ट पारे।

 

You might also like

Comments are closed.