युरोपेली बजारलाई लक्षित गर्दै चिनीयाँ टु ह्विलर निर्माता जोन्टेसले नयाँ स्कुटर लन्च गरेको छ । युरोपेली बजारलाई लक्षित गरी म्याक्सी सेग्मेन्टको ३५० सिसी क्षमता यो स्कुटर लन्च गरिएको हो ।
३५० डी नामको यो नयाँ स्कुटरमा कीलेस इग्निसन, कलर टिएफटी ड्यास, टाइप–ए र टाइप–सी सहितको दुईवटा यूएसवी चार्जिङ पोर्ट, टायर प्रेसर मोनिटरिङ, स्पोर्ट र इको गरी दुइवटा राइडिङ मोड, ट्रयाक्सन कन्ट्रोल र इलेक्ट्रोनिकल्लि एड्जस्टेवल वाइन्डिस्क्रिन लगायत फिचर पाउन सकिन्छ ।
साथै, यस स्कुटरमा ३४९ सिसी क्षमतको लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ३६.२ एचपी र टर्क ३८ एनएम रहेको छ । यसमा १२ लिटरको फ्युल ट्यांक दिइएको छ । स्कुटरको तौल १८८ किलोग्राम रहेको छ ।
युरोपेली बजारमा यसको प्रतिस्पर्धा विएमडव्लू सी ४०० जिटीसंग हुने जनाइएको छ । जोन्टेस नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको व्राण्ड हो ।
Comments are closed.