अनुमति नलिई साहसिक पर्यटकीय पूर्वाधार नबनाउन विभागको निर्देशन

काठमाडौं । पर्यटन विभागले पर्यटन व्यवसाय गर्ने व्यक्तिले पर्यटन नियम र सरकारको निर्देशन अनुसार पूर्वाधार बनाउन आग्रह गरको छ ।

विभागले कतिपय व्यवसायीले सम्वन्धित कार्यालयबाट नियमानुसार व्यवसाय उद्योग दर्ता नगरी ,ईजाजत नलिई, नविकरण नगराई संचालन गराइएको पाइएकाले त्यस्तो व्यवसाय संचालन गर्ने व्यवसायीहरुले नियमानुसार नविकरण गराई व्यवसाय संचालन गर्न अनुराेध  गरेको छ ।

विभागले सोमबार ध्यानाकर्षण पत्र जारी गर्दै कानुनअनुसार तोकिएको प्रक्रिया पुरा नगरी यस्तो पूर्वाधार तथा क्रियाकलाप सञ्चालन गरेमा कारबाही हुने जानकारी दिएको छ ।

यस्ता गतिविधिहरू सञ्चालन गर्नेमध्ये कतिपयले उद्योग(व्यवसाय दर्ता नगरी, इजाजत नलिई, नवीकरण नगराई सञ्चालन गरेको पाइएको भन्दै विभागले सचेत गराएको हो ।

दर्ता नगरी वा इजाजत नवीकरण नगरी यस्ता व्यवसाय सञ्चालन गरेमा दण्ड सजाय र जरिवानाको प्रक्रिया थाल्ने चेतावनी समेत विभागले दिएको छ ।

पछिल्लो समय  नेपालमा बन्जी जम्पिङ, स्विङ, क्यानोनिङ, स्काइ डाइभिङ, जिप फ्लाइङ, हाइ रोप्स, स्काइ वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, एम्यूजमेन्ट पार्क, फन पार्कजस्ता उत्पादनमा लगानी बढेको छ ।

You might also like

Comments are closed.