जीवन होलीका रगंहरुजस्तैं उज्यालो र रंगीन होस् !

काठमाडौं ।महान चाड फागू पूर्णिमाको सुखद् उपलक्षमा, वेलकम एड्भरटाईजिङले आफ्नै प्रांगणमा आपसी एकता, सद्भाव, भाइचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको रंगहरुको पर्व होली, सामाजिक परम्परा र संस्कृतिलाई निरन्तरता दिदैं “जीवन होलीका रगंहरुजस्तैं उज्यालो र रंगीन होस्” भन्ने नाराका साथ विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

नेपाल विज्ञापन संघ (आन) का पूर्व अध्यक्ष एवं वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेलले वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुलाई उत्सवको पर्व होलीको शुभकामना सहित होलीको रंग लगाइदिदै उनले “जीवन होलीका रगंहरुजस्तैं उज्यालो र रंगीन होस्” भन्ने धारणा व्यक्त गर्दै यस्ता कार्यक्रमले कर्मचारीहरुबिच आपसी भाईचाराको राम्रो विकास हुनुका साथै आपसमा थप खुसी र विश्वास बढ्ने बताए ।

एक आपसमा रहेका मनमुटाब बिर्सिएर आपसी सम्बन्धलाई अझ सुमधुर बनाउने माध्यमको रुपमा यस चाडको छुट्टै विशेषता रहेको छ । परापुर्व कालदेखि “असत्य माथी सत्यको विजय” को प्रतिकको रुपमा होली पर्व मनाइन्छ ।

कार्यक्रममा कर्मचारीहरु सेतो टिर्सटमा होलीका बिभिन्न रंगहरुमा रंगिए पछि होलीे पर्वको उत्साह छुट्टै देखिएको थियोे ।

 

You might also like

Comments are closed.