११ बुँदे साझा संकल्प जारी गर्दै सकियो सिईओ वर्कशप

सुरक्षित सहकारी निर्माणका लागि व्यवस्थापकीय नेतृत्व प्रतिवद्ध

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) ११ बुँदे साझा संकल्प जारी गर्दै बिहीबार सम्पन्न भएको छ ।

दुई दिनसम्म सञ्चालन भएको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको छ । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञ तथा स्रोत व्यक्तीहरुको प्रस्तुतीकरण थियो ।

कार्यक्रममा देशभरका करिब ४ सय ५० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुख (सिईओ)हरुको उपस्थिती रहेको थियो । गोष्ठीमा सहभागी सिईओहरुले सहकारी संस्थाले प्रविधियुक्त सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र संस्थाको छवि निर्माणमा व्यवस्थापन जिम्मेवार बन्ने संकल्प प्रस्ताप पारित गरेको छ ।

jutta mela

गोष्ठीले अलग्गै बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवस्यक पैरबी गर्ने संकल्प समेत पारित गरेको छ । एकिकृत स्वनीयमन मार्गनिर्देशन पालन गर्ने, संस्थागत विकास र सुदृढिकरणको लागि स्तरीकरण कार्यक्रममा आवद्ध हुने र सुरक्षित संस्था निर्माण गर्न पल्र्स प्रणालीको पुर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता सिईओहरुले गरेका छन् ।

त्यस्तै बाध्यकारी नियामकीय प्रबन्धहरु पुर्णरुपमा कार्यान्वयन गर्ने समेत प्रतिवद्धता जनाएका छन् । जोखिमहरुको व्यवस्थापन गर्न संस्थागत पूँजी कम्तीमा पाँच प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध हुने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

नेफ्स्कूनका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक दीपक पनेरुले साझा संकल्प वाचन गरेका थिए । साझा संकल्प वाचन गर्दै पनेरुले सहकारी अभियानको वर्तमान समस्या सम्बोधनमा दिशानिर्देशन गर्ने बताए ।

You might also like

Comments are closed.