सुर्य नेपाल सेन्ट्रल ओपन भोलिदेखि हुने

काठमाडौं ।  नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपन भोलिदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ ।

७२ होलको प्रतियोगिता शुक्रबारसम्म हुनेछ। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम ३६ होलको लागि स्थान बनाउँनेछन्।

कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा‌ ३१ प्रोफेसनल खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन । विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछन् । दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्। यसैगरी चौथो र पाँचौं हुने खेलाडीले क्रमश ५५हजार र ४७ हजार हात पार्नेछन्। साथै उत्कृष्ट २१ मा पर्ने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌।

प्रतियोगितामा नेपाल नम्बर एक शुक्रबहादुर राईसँगै भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, निरज तामाङ र रवि खड्का प्रतियोगिताको दाबेदार खेलाडी हुन्‌। प्रोफेसनल दाबेदार खेलाडीलाई १३औं दक्षिण एसियाली खेलकूदका दोहोरो स्वर्ण पदक विजेता सुवासतामाङले चुनौती दिनेछन्।

यस्तै राष्ट्रिय टोलीका खेलाडी सद्भाव आचार्य, युवराज भुजेललले पनि उत्कृष्ट खेल खेल्ने अनुमान गरिएकोछ। प्रतियोगितामा कुल नौ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

देशका शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीबीचको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउनका लागि गोकर्ण गल्फ कल्बले सम्पुर्ण तयारी पुरा गरेको छ।

You might also like

Comments are closed.

Secret Link