यु–१६ क्रिकेटका लागि तनहुँबाट खेलाडी छनोट

दमौली । नेपाल क्रिकेट सङ्घ तनहुँले यु–१६ क्रिकेटका लागि तनहुँबाट खेलाडी छनोट गरेको छ । व्यास नगरपालिका–३ विपीवनवाटिका खेलमैदानमा आज सम्पन्न खेलबाट क्रिकेट सङ्घले तनहुँ जिल्लाको खेलाडी छनोट गरेको हो ।

तनहुँबाट छनोट भएका खेलाडीले गण्डकी प्रदेशस्तरमा प्रतिस्पर्धा गर्ने क्रिकेट सङ्घ तनहुँका अध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिए । गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धामा उत्कृष्ट भएका खेलाडी नेपालको यु–१६ राष्ट्रिय टिममा छनोट हुनेछ ।

आगामी मे १७ देखि २८ सम्म मलेसियामा यु–१६ अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । नेपालका सातवटै प्रदेशमा छनोट खेल गरी राष्ट्रिय टिम निर्माण गरिनेछ ।

jutta mela

क्यान तनहुँका अनुसार इस्कन मियाँ, लक्ष्मण विक, इशान श्रेष्ठ, उद्धव श्रेष्ठ, प्रशान्त खनाल, सुप्रिम सुनार, विवेक गौतम, दिक्षान्त ढकाल, सागर रावल, आकाश टमाटा छनोट भएका छन् ।

You might also like

Comments are closed.