काठमाडौं । कर्णालकिा विभिन्न् ३ आयोजनाको विद्युत खरिद बिक्री निर्धारण सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्युत नियमन आयोग सानोगौचरण काठमाडौंमा कार्यक्रम भएको हो । आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहको अध्यक्षतामा कार्यक्रम भएको हो ।
एस सी पावर कम्पनि प्रा.लिद्वारा प्रबद्र्धित तिला गुफा गाउँपालिका, महाबु गाउँपालिका र खाडाचक्र नगरपालिका, कालीकोट, कर्णाली प्रदेशमा अवस्थित (क) तिला १ जलविद्युत आयोजना (२९८.७५ मे.वा.) र (ख) तिला २ जलविद्युत आयोजना (२९६.७४ मे.वा.) (ग) जगदुल्ला हाइड्रोपावर कम्पनि लि द्वारा प्रबद्र्धित जगदुल्ला र मुड्केखोला गाउँपालिका डोल्पा जिल्ला कर्णाली प्रदेशमा अवस्थित जगदुल्ला अर्थजलाशययुक्त जलविद्युत आयोजना १०६ मे.वा बाट उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौतामा सहमतिको लागि पेस भएको निवेदन उपर छलफल गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानीय बासिन्दा, प्रतिनिधिमूलक संस्थाका प्रतिनिधि, संचारकर्मी, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति थियो ।
कार्यक्रममा कर्णाली प्रदेश सभा सचिव हिक्मतबहादुर विष्ट, आयोगका सदस्य भागिरथी बाटाजू, गौतम डंगोल, आयोगका सचिव गोकर्णराज पन्थी, नेपाल विद्युत प्राधिकरणका निर्देशक प्रवल अधिकारी, आयोजकका प्रवन्ध निर्देशक प्रकाश अधिकारी लगायतको उपस्थिति थियो ।






Comments are closed.