युरोपेली संघ हतियार कोषबाट पोल्याण्डलाई तीस करोड युरो प्राप्त हुने

वार्सा ।  युरोपेली संघ (इयु)को हतियार कोषबाट पोल्याण्डले तीस करोड युरो प्राप्त गर्ने भएको छ ।युक्रेनलाई सैन्य उपकरण उपलव्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन लागेको हो ।

संघको हतियार कोषबाट देशलाई तीस करोड युरो क्षतिपूर्तिस्वरुप प्राप्त हुने पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

पोल्याण्डले युक्रेनलाई सोभियत युगका टी-७२ ट्यांकका साथै गोलाबारुद स्वचालित रूपमा भर्ने उपकरण प्रदान गरेको छ । हालै वार्साले किएभलाई चार वटा मिग-२९ लडाकु विमान पनि हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

jutta mela

हालसम्म संघमा आवद्ध कुनै पनि मुलुकले यति ठूलो परिमाणमा हातहतियार र उपकरण युक्रेनलाई उपलव्ध गराएका छैनन् । सिन्ह्वा

You might also like

Comments are closed.