६६औं राष्ट्रिय सहकारी दिवसमा उपत्यकाका ७ ठाउँबाट र्याली निकालिने

काठमाडौं । विविध कार्यक्रमसहित ६६औं राष्ट्रिय सहकारी दिवस मनाइने भएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको नेतृत्वमा सहकारी दिवसमा विविध कार्यक्रम गर्न लागिएको हो । सहकारी दिवसको अवसरमा चैत २० गते काठमाडौंका विभिन्न ७ स्थानबाट र्याली निकाल्ने कार्यक्रम रहेको ६६औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोक ओमदेवी मल्लले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

झाँकी, ब्यानर र प्लेकार्डसहित र्याली निकाल्ने कार्यक्रम छ । नयाँ बानेश्वरचोकबाट बबरमहल हुँदै माइतिघर, मैतिदेवीबाट रातोपुल धोबिघाट किनार, बबरमहल हुँदै माइतिघर, रत्नपार्कबाट भद्रकाली हुँदै माइतिघर, वसन्तपुरबाट रत्नपार्क, भद्रकाली हुँदै माइतिघर, त्रिपुरेश्वरबाट थापाथली हुँदै माइतिघरसम्म र्याली हुनेछ । ललितपुरबाट कानदेवतास्थान राष्ट्रिय सहकारी बैंकको केन्द्रीय कार्यालय परिषरबाट थापाथली हुँदै माइतिघर र भक्तपुरको तीनकुनेमा भेला भइ नयाँबानेश्वर, बबरमहल हुँदै माइतीघर मण्डलासम्म र्याली पुग्ने मल्लले जानकारी दिइन् । सबै र्याली माइतीघरमा आएपछि कोणसभामा परिणत हुनेछन् ।

सहकारीमा सदस्यको बचतको सुरक्षाका लागि जिम्मेवार र प्रतिबद्ध रहेको सन्देश प्रवाह गर्दै सहकारी अभियानका तर्फबाट राखिएका मागहरुमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनेगरी राष्ट्रिय सहकारी दिवस मनाउने कार्यक्रम तय भएको मल्लले पत्रकार सम्मेलनमा जानकारी दिइन् । उपत्यकाभित्रका सम्पूर्ण सहकारीकर्मीहरुको एउटै आवाजसहित र्याली निस्कने उनको भनाइ छ । यस वर्ष ‘सहकारीको दीगोपनः स्वनियमन र सुशासन’ मूल नाराका साथ दिवस मनाउन लागिएको हो ।

jutta mela

त्यस्तै, सहकारी दिवसको अवसरमा साता व्यापी रुपमा कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । विषयगत केन्द्रीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, प्रदेश तथा जिल्ला स्तरीय सहकारी संघहरु एवं सम्पूर्ण सहकारी संस्थाहरुलाई साता व्यापी कार्यक्रममा सहभागी हुन महासंघले आह्वान गरेको छ ।

You might also like

Comments are closed.