सहकारी दिवसको अवसरमा स्त्रि रोग सम्बन्धि स्वास्थ शिविर

पोखरा ।  पोखराको लामाचौरमा रहेको जय मनकामना वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ले ६६ औं सहकारी दिवसको अवसरमा स्त्रि रोग सम्बन्धि निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । गोर्खा मिलन समाज पोखराको सहकार्यमा शिविर संचालन गरिएको हो ।
गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोग रहेको शिविरमा महिलाहरुको विभिन्न रोग सम्बन्धि परीक्षण गरिएको थियो ।

पोखरा १९ आसपासका २७७ जना महिलाहरुको सहभागिता रहेको शिविरमा गोरखा मिलन समाज पोखराले निःशुल्क आवश्यक ओैषधि वितरण गरेको थियो ।

पोखरा मिलन समाजकी अध्यक्ष कोपिला श्रेष्ठको अध्यतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका १९ न का वडाध्यक्ष एवं जय मनकामना सहकारिका पुर्व अध्यक्ष पुष्पेन्द्र पाण्डेले पानसमा दिपप्रज्वलन गरि समुदघाटन गरेका थिए ।

कार्यक्रममा पोखरा महानगर स्वास्थ्य महाशाखाका सविना श्रेष्ठ, गण्डकी मेडिकल कलेजका प्राचार्य डा। रविन्द्र श्रेष्ठ डा. बबिता खड्का, कार्यक्रम संयोजक उमेशचन्द्र देवकोटा लगायतले शिविरको आवश्यकता र महत्त्वका वारेमा चर्चा गरेका थिए ।

आ. सि. कम्प्लेक्स लामाचौरमा सञ्चालन भएको कार्यक्रममा स्वागतजय मनकामना सहकारीका अध्यक्ष नवीन भण्डारी र कार्यक्रम सञ्चालन सचिव बुद्धि बहादुर खत्री क्षत्रीले गरेका थिए ।

You might also like

Comments are closed.